गण्डकी प्रदेशको मगर संघमा सिद्धान्त गर्जा मगर

34







बाग्लुङ्ग । बाग्लुङ्गमा सम्पन्न नेपाल मगर संघ गण्डक प्रदेशको प्रदेश स्तरीय पहिलो अधिवेशनले सिद्धान्त गुर्जा मगर (तनहुँ) को अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर थापा (तनहूँ), उपाध्यक्षमा हेमबहादुर थापा, मुख्य सचिवमा विष्णुबहादुर राना (पर्वत), सचिवलमा देवीसरा पुलामी मगर (नवलपुर), राजकुमार थापा, हेमन्त थापा (स्याङ्जा), महिला सचिवमा तारामाया थापा (कास्की), कोषाध्यक्षमा तुलबहादुर सुनारी (नवलपुर) र सहकोषाध्यक्षमा मोहनबहादुर थापा मगर चयन भएका छन् ।
समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिका सदस्यहरुमा नवलपुरबाट सिंहबहादुर ढेंगा, उत्तम बाकवल, सुस्मिता थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा बालकृष्ण रेश्मी मगर, यमकुमारी गर्बुजा मगर, अनिल रामजाली, मनकुमारी राना, नन्दबहादुर थापा, भीमकुमारी आले, इन्द्रबहादुर थापा, यमबहादुर आले, इन्द्रबहादुर राना, सरिता थापा लगायत सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनमा गण्डकी प्रदेशको ११ जिल्लाका दुई सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

You might also like
Loading...