रक्षक नै भक्षक भए पछि ?

60







होमराज रानाभाट
मुकुन्दपुर पुष ३० गते ।

रक्षक नै भक्षक भए पछि समाजले के अपेक्षा गर्ने ? कुन अभिभाबकलाई आफना बालबच्चाको चिन्ता नहोला र ? बालबच्चाको बिद्यालयलाई राम्रो जिम्मेवारी दिएर भबिष्यमा सुयोग्य सन्तान बनाउने ईच्छा कुन चाँही बाबु आमालाई नहोला र? तर यहाँ ती रक्षक नै भक्षक भएर प्रस्तुत भए पछि अभिभाबकहरु छाँगा बाट खसे जस्ता भएका छन् यो घटनाले ।
एसईई परीक्षाका लागि होस्टलमा बसेर तयारी गरिरहेको आफ्नै बिद्यालयका छात्राहरु माथि यौन हिंसा मा संल्गन भएको आरोपमा विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरि कारबाही अगाडि बढाएको छ ।
गैंडाकोट नगरपालिका ११ वडामा रहेको मुकुन्दसेन बोर्डिग स्कुलमा एसईई को तयारी गरिरहेका छात्राहरुलाई मदिराले उन्मत्त भएका बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेललाई ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरि अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक लोकबहादुर जिसीले बताए ।
आफनै बिद्यालयमा अध्ययन गरिरहेका छात्राहरु माथि मदिरा सेबन गरी यौन हिसाँका क्रियाकलाप मा संल्गन भएको आरोप स्थानीय अभिभाबकले लगाएका छन् ।
स्थानीय अभिभाबकका अनुसार प्रधानाध्यापक पौडेलले होस्टेलमा बसेर एसईई को तयारी गरिरहेका आफनै बिद्यालयमा शुरुदेखि नै अध्ययन गरिरहेका छात्राहरु माथि अत्यधिक मदिरा सेबन गर्ने र छात्राहरु भएको कोठामा पसेर यौन क्रियाकलापका लागि उत्तेजित ढंगले प्रस्तुत हुने गरेको, छात्राहरु माथि दुब्बर्यबहार गर्ने गरेका र यो श्रृखला धेरै पहिला देखि भए पनि बिद्यार्थीहरुले चुपचाप सहेर बस्न बाध्य भए पनि धेरै र सहन नसक्ने भए पछि उनीहरु आफना अभिभाबकको शरणमा परेका उनीहरु बताउँछन ।
आफनै प्रधानाध्यापकले यस्तो हर्कत गर्छन भन्ने कहिल्यै नसोचेका उनीहरुले दिनदिनै यस्ता हर्कत हुन थाले पछि बाध्य भएर आफना अभिभाबकलाई गुहारेका थिए र घटनाले थप जटिलता थपे पछि स्थानीय अभिभबकले बिद्यालय घेरे पछि फरार प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरि म्याद समेत थपेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोक बहादुर जिसीले बताए ।
आक्रोशित अभिभाबकले प्रधानाध्यापक माथि हातपात समेत गरेका थिए र प्रहरीमा जाहेरी दिए पछि प्रहरीले म्याद थप गरेर अनुसन्धान थालेको प्रहरी निरीक्षक जीसीले बताए ।
सो बिद्यालयमा मुख्य लगानी नै पौडेलको रहेको र पौडेलले बिगत देखि नै यस्ता हर्कत देखाए पनि छात्राहरु ईज्जत जाने डरले घटना बाहिर ल्याउन सकेका थिएनन तर जब मदिरा खाएर यस्ता हर्कत देखाईरहन थाले पछि बाध्य भएर सामूहिक रुपमै छात्राहरु प्रतिकारमा उत्रन बाध्य भए पछि घटना सार्बजनिक भएको एक छात्राले दुखेसो पोखिन ।
अहिले सो घटनाका कारण बिद्यालय बन्द रहेको छ भने प्रहरीले पक्राउ गरि कारबाही अगाडि बढाएका प्रधानाध्यापकले पैसाको बलमा मूद्दा मिलाउन आफना मान्छे परिचालन गरेको भन्दै त्यसको अभिभाबकले कडा निन्दा र भत्र्सना गरेका छन् । कानुन बमोजिम प्रधानाध्यापक पौडेललाई कडा कारबाही र बिद्यालय अन्यत्र सार्न पनि स्थानीय अभिभाबकले चेतावनी दिएका छन् ।
सो बिद्यालयको होस्टेलमा बसेर अध्ययन गरेका छात्राहरुको भबिष्यलाई लिएर सर्बत्र चिन्ता गरिएको छ भने अहिले त्यहाँको अबस्था आक्रान्त रहेको स्थानीय बुद्धिजीविहरुले बताए । प्याबसन नवलपुरका अध्यक्ष रामचन्द्र देबकोटाले प्रधानाध्यापक पौडेलले गल्ती गरेको भए कारबाही हुने बताए । घटनाको सत्य तथ्य छानबीन गरि प्रतिबेदन सार्बजनिक गर्न गैंडाकोट नगरपालिका ११ का वडाध्यक्ष गोबिन्द सुबेदीको अध्यक्षतामा छानबीन समिति गठन गरि समितिले काम थालेको प्याबसन अध्यक्ष देवकोटाले बताए ।

विद्यार्थी संगठनद्वारा प्रधानाध्यापकलाई कारवाहीको माग

यसैबीच नवलपुरका विद्यार्थी संगठनहरुले आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने प्राधानाध्यापकलाई कारवाहीको माग गरेको छ ।
पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र निकट दुई विद्यार्थी संगठनले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै दोषी प्रधानाध्यापकलाई कारवाहीको माग गरेका हुन् ।
त्यसैगरी विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले पनि सोमबार विज्ञप्ति जारी गर्दै दोषी प्रधानाध्यापकलाई कारवाहीको माग गरेका छन् ।

You might also like
Loading...