कपिलवस्तुको भाेक्करमा अागलागि हुँदा डेढ लाख बराबरको क्षति


राम अवतार चाैधरी,
कपिलवस्तु/ १ माघ ।




कपिलवस्तुको शिवराज नगरपालिका-९, भाेक्करमा मंगलबार अागलागि भएकाे छ । अन्दाजी ७२ बर्षिय नन्द बहादुर घर्तीकाे गाेठमा लगभग अप्ह्रान ४ बजेतिर अागलागि भएकाे हाे ।


जस्तापाताले छाइएकाे गाेठमा अागलागि हुँदा डेढ लाख बराबरको धनजन जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएकाे छ । साे गाेठमा भान्सा पनि भएकाे हुनाले भित्र अागाे रहेकाे साथै हावाले अागलागि भएकाे प्रहरीले अनुमान गरेकाे छ । उक्त गाेठमा भएकाे अागलागिले मानवीय क्षेति नभए पनि चामल, पिठाे जस्ता खाद्य लगायत काठ, दाउरा जलेर नष्ट भएकाे हाे ।

साे गाेठमा लागेकाे अागाे स्थानीय बासी लगायत प्रहरीकाे उपस्थितिमा नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रमुख लाेक बहादुर सिंहले जानकारी दिए ।




सम्बन्धित
Loading...