बलात्कारबाट बच्न किशोरीहरुलाई आत्मरक्षा तालिम





नवलपरासी, ३ माघ । समाजमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि नवलपुरको मध्यविन्दु नगरापलिकाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ ।

बलात्कारको प्रयास भए प्रत्याक्रमण गर्ने तरिकाबारे नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको हो ।


धम्क्याएर बलात्कार प्रयास भए किशोरीहरूलाई आत्मबल बढाएर तत्काल उम्कन सकिने गरी प्रत्याक्रमण गर्ने तरिकाका विषयमा नवलपुरको मध्यविन्दु नगरपालिकाकाले शारीरिक प्रशिक्षण दिएको हो ।

समाजमा देखिने गरेका हिंसाका प्रकार, बलात्कारबाट बच्ने उपाय, प्रतिरोध गर्ने तरिकालगायत अन्य परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा किशोरीहरूलाई सैद्धान्तिक र शारीरिक प्रशिक्षण प्रदान गरिएको मध्यबिन्दु नगरपालीकाका प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो ।

धम्क्याएर बलात्कार प्रयास भए किशोरीहरूलाई आत्मबल बढाएर तत्काल उम्कन सकिने गरी प्रत्याक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको प्रशिक्षक दीपक शर्माले जानकारी दिनुभयो ।

तालीम पश्चात किशोरीले आत्मरक्षागर्न सक्ने नगरउपप्रमुख ओमुकमारी महत्तोले बिबश्वास व्यक्त गर्नुभयो । उहाले यहा भएका किशोरीहरुले गाउघरमा आफ्ना वरपरका किशोरीहरुलाई प्रशिक्षण दिने भन्दै सबै किशोरीहरु आत्मरक्षा गर्न सक्ने बनाउन यस्ता तालीम महत्तोपुर्ण भएको बताउनुभयो ।

मध्यबिन्दु नगरपालीका भित्रका १५ वटै बडाका किशोरी गरि ४० जना किशोरीहरुको सहभागिता रहेको थियो । किशोरीहरुलाई दुई दिनको तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

मध्यबिन्दु नगरपालीकाका नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तो, नगरबाल संजालका अधयक्ष नबराज पाठक लगायत बालबालीकासंगका सरोकारवाला व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...