राशिफल, शनिबार १९ माघ २०७५





मेष
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।



बृष
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कर्कट
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तुला
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
बृश्चिक
प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ।
धनु
पछिका लागि केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ।सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ।
मकर
तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले ठूलो काम सम्पादन हुनेछ।
कुम्भ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
मीन
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।



सम्बन्धित
Loading...