त्रिबेणिमा महिला उत्थान बुटिक १० दिने तालिम सम्पन्न ।

220







श्याम थापा
नवलपरासी ४ माघ
पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ मा महिला उत्थानका लागी बुटिक सम्बन्धि १० दिने तालिम सम्पपन्न भएको छ । गाउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ को आयोजनामा र बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ को आर्थिक सहयोगमा भएको महिला उत्थान बुटिक १० दिने तालिममा बिनयी त्रिबेणि गाउँपालिकाको वार्ड न ७ का १५ जना महिलाहरुको सहभागिता रहेकोे थियो । तालिमको आज गााउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ का अध्यक्ष रेखा भुजेलको अध्यक्षयतामा,बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा र बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको बिशेषअतिथ्यतामा एक कार्यक्रम गरि समापन गरिएको छ । १५ जना महिलाहरुको सहभागितामा भएको तालिमको प्रशिक्षण ताटा रानी थापाले गर्नु भएको थियोे । सो तालिममा पत्रकार श्याम थापा,पत्रकार आरपि उपाध्याय,प्रशिक्षक ताटा रानी थापा र सहभागीबाट राधा रानाले शुुुुभकामना मन्तव्य व्यक्त गर्नुु थियो ।

You might also like
Loading...