राशिफल आइतबार ६ माघ २०७५


मेष



विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।



बृष
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
मिथुन
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।
कर्कट
पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।
सिंह
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ।
कन्या
पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

तुला
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
बृश्चिक
साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। मतभेदले रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
मकर
थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ।
कुम्भ
नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ।
मीन
पारिवारिक जमघटमा मन रमाउनेछ।अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ।



सम्बन्धित
Loading...