क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन फागुन २९ र ३० गते बुटवलमा हुने


काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन फागुन २९ र ३० गते बुटवलमा हुने भएको छ ।
महासंघको केन्द्रिय कमिटिको दुई दिनसम्म काठमाडौंमा बसेको वै७कले सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको हो ।
महासंघको बैठकले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका विधान तथा प्रतिवेदन लेखन उपसमिति, आर्थिक तथा व्यवस्थापन उपसमिति, प्रचार तथा प्रकाशन उपसमिति निर्माण समेत गरेको छ ।
अध्यक्ष इन्द्र राउतको नेतृत्वमा विधान तथा प्रतिवेदन लेखन उपसमिति, सचिव रामकुमार श्रेष्ठको नेतृत्वमा आर्थिक तथा व्यवस्थापन उपसमिति र कार्यालय सदस्य लोकराज जैसीको नेतृत्वमा प्रचार तथा प्रकाशन उपसमिति निर्माण गरिएको सचिव रामकुमार श्रेष्ठले जानकारी दिए ।
सम्मेलनलाई लक्षित गर्दै पछिल्लो चरणमा क्रान्तिकारी पत्रकार महासंघले प्रदेश तथा जिल्लाहरुमा संगठन निर्माणलाई तीव्रता दिएको छ । यसै क्रममा महासंघले प्रदेश नम्बर चार, सात र तीनको भेला सम्पन्न गरिसकेको छ ।
बैठकले प्रदेश तथा केन्द्रीय स्तरमा पत्रकारको हक, हित र अधिकार र पत्रकारिताको विषयमा अन्तरक्रिया गर्ने, सरोकारवालहरुको बीचमा बहस, छलफल चलाउने, प्रेस काउन्सिल, सूचना विभाग र अन्य सम्बद्ध निकायहरुले लिएका नीति, प्रकृयाबारे संगठनको धारणा पेश गर्ने तथा श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षालगायतका विषयमा आवश्यक अन्य संघर्षका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने निर्णयहरु गरको अध्यक्ष इन्द्र राउतले बताए ।




संगठनका अध्यक्ष राउतको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकमा नेकपा
(क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रकाशन विभाग इन्चार्ज रामसिंह श्रीस, संगठनका सल्लाहकार तथा पार्टीका केन्द्रीय सदस्य कुमार शाहको विशेष उपस्थिति रहेको थियो ।




सम्बन्धित
Loading...