होम स्टे स्थापना हुने क्रम बढ्यो





कावासोती । पूर्वी नवलपरासी जिल्लामा होमस्टे स्थापना हुने क्रम बढिरहेको छ । जिल्लाकै पहिलो पटक थारु भिलेजनजिक अमलटारी होमस्टे स्थापना भएको थियो ।
जिल्लामै पिपरहर होमस्टे, बरौली होमस्टे र पहाडी क्षेत्रमा मगर होमस्टे स्थापना भएको छ भने मध्यविन्दु नगरपालिकामा नयाँ होमस्टे निर्माणधिन अवस्थामा रहेको छ ।
पछिल्लो समय नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ७ रामनगरमा लामिचौर सामुदायिक होमस्टे सञ्चालनमा आउने भएको छ ।
सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई व्यवहारमा कार्यान्वन गर्न समुदायस्तरबाटै अभियानहरु थालनी हुन थालेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी किनार आसपासका नागरिकहरुले पर्यटन, व्यवसायिक खेती तथा उन्नत पशुपालन गर्ने एकीकृत योजना कार्यान्वन गर्न ‘लामिचौर सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।
होमस्टेको गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विधिवत रुपमा होमस्टे भवनको शिलान्यास गनुभयो । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गाहाले यो होमस्टे उचित स्थानमा सही योजनाका साथ सञ्चालनमा आउन लागेकोले खुसी व्यक्त गर्दै सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी अर्का प्रदेशसभा सदस्य विष्णु लामिछानेले जैविक विविधता तथा पछि पारिएका समुदायको उत्थानका लागि राज्यले विशेष ब्यवस्था ल्याउनुपर्ने भन्दै यो होमस्टेले सबल नेतृत्व र सही योजना अघि सारेकोमा खुसी व्यक्त गर्नुभयो ।




त्यसैगरी संस्थाका अध्यक्ष सापकोटाले सामुदायिक होमस्टेलाई मनोरञ्जन र पर्यटकीय केन्द्रको रुपमा मात्र उपयोग नगरी समुदायभित्र खास सम्भावना हुने र त्यस सम्भावनाको सही निकास दिन सक्दा मात्रै दिगो र स्थायी विकासको आधार तयार हुने बताउनुभयो ।

उहाँले आधुनिकता र परम्परागत सम्पदाको सही र सन्तुलित फ्युजन गर्दै होम स्टे, अत्याधुनिक थिएटर, गोठ रहित तथा गोठसहितका क्षेत्र तयार गर्दै कृषि, पशुपालन, लघु उद्यम जस्ता कार्यक्रमलाई एकीकृत रुपमा अघि बढाउने योजना रहेको स्पष्ट पार्नुभयो । तत्काल २५ वटा होमस्टे बनाइ आगामी वैशाख भित्रै सञ्चालनमा ल्याइने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष नन्दलाल गुरौ, पर्यटन क्षेत्रका व्यक्तित्वहरु, स्थानीबासीलगायतको सहभागिता रहेको थियो । थारु समुदायको बाहुल्य रहेको सो क्षेत्रमा माझी, बोटे, बाहुन, क्षेत्रीलगायतका जातजातिको बसोबास रहेको छ ।




सम्बन्धित
Loading...