अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी

35







नवलपुर । गण्डकी प्रदेशका सासंद कृष्णचन्द्र नेपालीले अहिलेको राष्टीय सरोकार नै अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी पु¥याउने रहेको बताएका छन् ।
म्ुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थांको १२ औँ साधारण सभालाई सम्बोधन गर्दे उहाले प्रदेशको कुनै ठाउमा पानीको अभाव भएकाले त्यस ठाउमा पानी पुर्याउन मुकुन्दपुर खानेपानीमा आवश्यक पर्ने कुरालाई मध्यजनर गरी नगरपालिका संग समन्वय गरेर स्वच्छ खानेपानी पुर्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले गैडाकोट नगर भित्र रहेको खानेपानीको समस्या लाई क्रमस समाधान गदै जाने बताए ।
कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव वेद प्रसाद कडेंलले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखा परिक्षणको प्रतिवेदन कृष्ण प्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटा, समाजसेवी हरी राज गौतम,दिपक अधिकारी, दुर्गादत्त भुषाल ,कृष्ण सापकोटा, चन्द्रदत्त जैशी, मुकुन्दपुर खानेपानि संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रेग्मी, मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङ्ग लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष मीना भटराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष शेसकान्त देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । .

You might also like
Loading...