यसरी सकियो ९औँ कपिलवस्तु माघी महोत्सव (फोटो फिचर)

291







राम अवतार चौधरी,
कपिलवस्तुर ६ माघ ।


नवौं कपिलवस्तु माघी (खिचडी) महोत्सव एवम् नव बर्ष ०७५ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटा स्थित प्रदर्शनी स्थलमा सम्पन्न भएको आयोजकले बताएको छ । “हम्मन संस्कृति हम्मनके शान, पहिचान
अभियान“ भन्ने मुल नाराका साथ ३ दिन सम्म सञ्चालन रहेको महोत्सव शुक्रबार राति समापन भएको छ । महोत्सव समापनका प्रमुख अतिथि रहनु भएका प्रदेश नं.५, का सदस्य अर्जुन कुमार केसी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सबैभन्दा साँस्कृतिक धनी दुईवटा जाति छन्, जस मध्य मधेसमा थारु समुदाय एक नम्बरमा र अर्को पहाडमा थकाली जाति रहेका छन् ।


जातीय साँस्कृतिक पहिचान बचाउन थारु समुदाय निकै अगाडि रहेकोमा खुसि व्यक्त गर्दै डकर्मी देखि लिएर सांसद सम्म थारु समुदाय पुग्न पछि नरहेको केसीले उल्लेख गरे । उहाँले महोत्सव सोँचे भन्दा निकै राम्रो सम्पन्न भएको भन्दै कपिलवस्तुको विभिन्न स्थानमा महोत्सव भए पनि चन्द्रौटामा पहिलो पटक माघी महोत्सव हुँदा जनसमुदायको उल्लेखनीय सहभागिता भएकोमा यस क्षेत्रको थारु समुदाय अब संस्कृति बचाउन अग्रसर भएको बताए ।


यसैबीच थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारु महोत्सवमा बोल्दै थारु समुदाय अर्थात् थाकसले आर्थिक, शैक्षिक, सामाजिक र साँस्कृतिक गरि चारवटा उद्देश्य बोकेको थियो जस मध्ये साँस्कृतिक उद्देश्य पछि परेको थियो विगत केही समय यता निकै फड्को मारेको छ । यसैगरी अर्को सामाजिक उद्देश्यमा पनि परिवर्तन भएको छ पहिला महिनौं महिना लागएर बिबाह गर्ने चलन थियो तर हाल निर्मुल भएको थारुले बताए । उनले शैक्षिक उद्देश्य पूरा गर्न समुदायमा सुधार गर्नुपर्ने र अर्को रह्यो आर्थिक उद्देश्य पूरा गर्न थारु समुदाय अगाडि बढेको त कमाएर व्यवस्था गर्न नसक्नु विडम्बना भएको बताउँदै अब भने त्यसलाई सुधार गर्नपर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ सहयोग आवश्यक रहेको बताए ।


महोत्सव थाकस कपिलवस्तु जिल्ला सभापति उमा शंकर थारुको अध्यक्षता, प्रदेश नं ५, का सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्ता, थाकसका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारुको विशिष्ट आतिथ्यता, थाकस केन्द्रीय सदस्य सुमित्रा थारु, कपिलवस्तु चन्द्रौटा व्यापार संघका अध्यक्ष महादेव पोख्रेल र बिजयनगर गाउँपालिका उप(प्रमुख लक्ष्मी कुमारी थारु लगायतको सहभागितामा समापन गरिएको हो ।


महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, जनसमुदायको उल्लेखनीय सहभागिता तथा श्याम सिटी र सरिता थारुको सञ्चालनमा महोत्सव सम्पन्न भएको संयोजक उमा शंकर थारुले बताए ।

 

 

You might also like
Loading...