न्यौपाने परिवारको उदाहरणीय काम ,तुलादानको सम्पुर्ण रकम विद्यालयलाई हस्तान्तरण

124







नारायण प्रभु,
माघ ६ नवलपुर


कावासोती ६ बिष्णुनगर निवासी टेकप्रसाद न्यौपानेले आफ्ना पिता हुमप्रसाद न्यौपानेको तुलादान गर्दा चढेको सम्पुर्ण रकम १३००० रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
आइतवार आफ्नै निवास कावासोति ६ बिष्णुनगरमा भएको पिताको चौरासी पुजाको कार्यक्रममा उहाले उक्त रकम जनता माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको घोषणा गरेका हुन् ।
८४ वर्षका पिताको चौरासी पुजा गर्न पाउनु आफ्नो अहोभाग्य रहेको र सोही अवसरमा पिताको तुलादानमा चढेको १३००० रुपैयाँ विद्यालयमा हस्तान्तरण गर्न पाउनु सम्पुर्ण न्यौपाने परिवारको खुशिको अवसर भएको उनले बताए ।
तुलादानको पैसा प्राय आफन्तलाई बाढ्ने चलन रहेपनि आफुले त्यो चलन हटाएर सामाजिक कार्यमा हात बढाउन बिद्यालयलाई हस्तान्तरण गर्न पाउँदा आफू साह्रै भाग्यमानी भएको जिकिर समेत गरे ।
जनता माध्यमिक बिद्यालयमा यहि माघ २३ गते बाट प्राविधिक शिक्षा संचालन गर्न धनधान्यान्चल महायज्ञको आयोजना गरिदै छ ।
त्यसैको पुर्व सन्ध्यामा न्यौपानेले उक्त रकम सोही कार्यक्रमका बिच बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झबिन्द्र काफ्लेलाई हस्तान्तरण गरेका हुन् ।
काफ्लेले बालबालिकाको प्राविधिक शिक्षा अध्ययनको लागि न्यौपाने परिवारले गरेको महान कार्यको खुलेर प्रशंसा गरे ।

You might also like
Loading...