पाँच संवैधानिक आयोगमा नियुक्तिप्रति काँग्रेसको आपत्ति


पाल्पा, ७ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिपक्ष दललाई छलेर पाँच वटा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार पाल्पामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सकारको यस काम प्रति आपत्ति मात्र जनाएनन् विरोध नै गरे ।
एनले सरकारले विपक्षी दलको नेताको अनुपस्थितीमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताएका छन् ।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषदको बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गर्नु असंवैधानिक भएको बताए ।
‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेको छ ’ – उनले भने – ‘यो निर्णयले संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ ।’
सत्तारुढ दलसँगै निक्कै आक्रोषित देखिएका नेता पौडेलले कम्युनिष्टसँग हिम्मत भए अधिनायकवाद लाग्द चेतावनी दिए ।







सम्बन्धित
Loading...