काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित

52







काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधसभाको दोस्रो बैठक पनिअवरुद्ध गरेको छ । गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याए सम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै संसद अबरोध गरेको हो । यसअघि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठक पनि काँग्रेसको अबरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो ।

१५ मिनेटका लागि भन्दै स्थगित भएको बैठक करिब १ घण्टापछि मात्रै शुरु भएपनि काँग्रेसको अबरोधका कारण बैठक चल्न सकेन ।

नेपाली कांग्रेसको अबरोधका कारण प्रतिनिधि सभाक‍ो बैठक माघ ८ गते ३ बजेसम्मका लागि स्थगित भएकाे छ ।

You might also like
Loading...