बर्दघाट चालकलाई निशुल्क स्वास्थ्य परिक्षण

49







सार्वजनिक सवारी चालकको स्वास्थ्य परीक्षण कार्यक्रम पश्चिम नवलपरासीमा पनि थालिएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सोमवार बर्दघाटमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
सवारी चालको स्वास्थ्य परीक्षण गर्नुका साथै र सवारी साधनको अवस्था बारे चेकजाच गरिएको थियो । निःशुल्क स्वास्थ्य परिक्षण अभियानबाट चालकहरु पनि उत्साहित भएका छन् ।
सो अवसरमा नेपाल प्रहरीको आवाह्न, सुरक्षित र सहज अवागमन भन्ने मुल नाराका साथ ईलाका प्रहरी कार्यालय बर्दघाट र दुर्घटना घटाउ, मान्छे बचाउ भन्ने नाराका साथ सवारी दुर्घटना न्युनिकरणका लागी अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटको सयुक्त आयोजना र चिसापानी अस्पतालको प्राविधिक सहयोगमा आज टीसीएन चोकमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
पुर्वपश्चिम राजमार्गमा चल्ने लामो दुरीका सवारी चालकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत ब्लड प्रेसर, आखा जाचँ गरिएको र सवारी चालकहरुलाई दुर्घटना न्युनिकरणका लागी ट्राफि सचेतनाका कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
सो अवसरमा १ सय ५३ जना सवारी चालकको स्वाथ्य परिक्षण गरिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख बुद्धि सागर पुरीले बताए । ईलाका प्रहरी कार्यालय बर्दघाटले विभिन्न समयमा दुर्घटना न्युनिकरण गर्न, यात्रुहरुालई सहज र सुरक्षित यात्राका लागी विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । साथै राजमार्गमा ट्रिपर, ट्रयाक्टर लगाएका सवारी साधानले नदीजन्य पदार्थहरु बोकेर राजमार्ग सवारी चलाउदै त्यसबाट निस्केका धुलो, धुवाँ र पानीबाट सवारी दुर्घटना बढ्न गएको र राजमार्ग पनि छिटो विग्रिने हुदा यसलाई नियन्त्रण गर्न उक्त सवारीलाई सचेत गराउदै कार्यवाही समेत थालेको प्रहरी प्रमुख पुरीले बताए । सो कार्यवाही अन्र्तगत आइतबार मात्र १६ वटा ट्रिपरलाई नियन्त्रणमा लिई सचेत गराउदै जरिवाना काटी छोडिएको पुरीले बताए । उक्त जरिवानाबाट २२ हजार राजश्व समेत संकलन भएको थियो ।

You might also like
Loading...