नवलपरासीमा चिनीमिल संचालनमा नआए राजमार्ग बन्द गर्ने


सहबान अन्सारी,




नवलपरासी, ८ माघ। 


नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडीयाको बागमती सुगर मिल गेट अगाडी उखु मिल संचालनको लागी दबाव मुलक कार्यक्रम आज सम्पन्न भएको छ । उखु उत्पादक कृषक समिती नवलपरासीले सिघ्र मिल संचालनमा ल्याऊन बिभिन्न प्रयासहरु गरे पनि जिल्लामा अवस्थित तिन वटा मिल मध्ये कुनै पनि मिल संचालनमा आऊन सकेकौ छैन । देशमा कुल १२ वटा चिनी मिलहरुले गत पुष २५ गतेका दिन महोत्तरीको बर्दीवासमा मिल संचालक र उत्पादक संघ बिच माघ २ गते सम्पुर्ण चिनि मिलहरु संचालन गर्न साथै ३० देखी ४५ दिन भित्र भुक्तानी गर्न लिखित सहमति भएपनि मिलले अटेर गर्दै आएको छ ।

उखु क्रसिङ्गको समय सकिन लाग्दा किसानहरुको उखु बाली खेतमै सुक्न बाध्यात्मक परिस्थिति मिल ले गरेको किसानहरुले बताएका छन । नेपाल सरकारले निर्धारण गरेको उखुको मुल्य अनुदान सहित प्रति क्विन्टल ५३६.५२ पैसा निर्धारण गरेपनि मिलले चिनिको मुल्य नबढाए अथवा किसानहरुले निर्धारित मुल्यबाट घटाए मात्र मिल संचालन गर्न सार्वजनिक अभिब्यक्ती दिएका थिए । उखु उत्पादक कृषक समिति र उखु कृषकहरुले जिल्लाका तिन वटै मिल यदि २ दिन भित्र संचालनमा नआए राजमार्ग बन्द गर्न कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो ।

जिल्लामा बागमती सुगर मिल कुडिया, ईन्दिरा सुगर मिल गंगापुर,र लुम्बिनी चिनी मिल सुनवल रहेका छन । उक्त दबाव मुलक कार्यक्रममा पुर्व सांसद देवकरण प्रसाद कलवार, राजकुमार शर्मा,हस्मुदिन शेख,बिस्मिल्ला अन्सारी, बन्धु बरई,हरेन्द्र यादव, नारायण पाण्डे,लक्ष्मण सिहं, प्रभु यादव लगायतहरुले बोल्नु भएको थियो।




सम्बन्धित
Loading...