कावासोती नगरपालिकाको दमकलको ठक्करबाट २४ जना घाइते


रामकुमार श्रेष्ठ
नवलपरासी, ९ माघ ।
रातभर अवरुध बाटो खुलाउन लेदो सफा गरेर फर्कदै गरेको कावासोती नगरपालिकाको लु १ ग ३१० नम्बरको दम्कलले पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८७९७ नम्बरको बसलार्ई ठक्कर दिँदा बसमा सवार २४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेमा राति खसेको लेदो तथा पहिरोले अवरुद्ध भएको सडकको लेदो हटाएर फर्कदै गर्दा दम्कलले बसलाई मध्यविन्दु नगरपालिका १५ प्रसौनी जाने बाटोमा ठक्कर दिएको हो ।
घाइतेहरु मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ भने अन्य घाइतेहरुको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचाई भईरहेको छ ।
रात भर पानी परेका कारण झरेको पहिरोले दाउन्नेको सडक राति १२ बजेदेखि अवरुद्ध भएको थियो । अवरुद्ध सडक विहान ६ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।







सम्बन्धित
Loading...