बुटवल–नारायणघाट सडक खण्ड विस्तारमा खानेपानी सेवा प्रभावित हुने

79







नवलपरासी । बुटवल–नारायणघाट सडक खण्डमा चार लेन सडक विस्तार गरिँदा खानेपानी सेवाहरु प्रभावित हुने भएको छ ।
चार लेन सडक विस्तार गरिँदा पर्ने सम्भावित क्षति कम गर्न खानेपानी संस्थाहरुले माग गरेका छन् ।
नवलपरासी पुर्वका १६ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सडक विस्तारका क्रममा खानेपानीका संरचनामा हुन सक्ने सम्भावित क्षती र समस्यालाई समयमै समाधान गर्न माग गरेका हुन ।
नवलपुरमा रहेका खानेपानी संस्थाका प्रतिनिधी मंडलले गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाउदै सम्भावित समस्यालाई समयमै समाधान गर्न माग गरेका छन् ।
सडक विस्तारका क्रममा दायाँबायाँ पर्ने खानेपानी पाइपको संरचनाको दिगो बिकास, भल्भ चेम्बर , हाउसहोल्ड कनेक्सनमा प्रभाव पन, जसले गर्दा खानेपानीको आपुर्तिमा समस्या आउन सक्ने हुदा यस विषयमा समयमै छलफल गरि निकास निकाल्न ध्यानाकर्षण गराएको टोलीका संयोजक तथा प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुषाले बताए ।
विस्तारका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपुरको सडक आसपासका करिब ३ हजार २ सय ६२ घरधुरि र ५७ किलोमिटर पाइपलाइन प्रत्यक्ष प्रभावित हुने उनीहरुको भनाइ छ ।
सडक निर्माणकार्य संगै खानेपानी पाइपलाईन बिस्तारको लागि ९ करोड ८७ लाख ८४ हजार १ सय ३३ रुपैयाँको लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको संयोजक भुषालले जानकारी दिए ।
सडक विस्तारका क्रममा नवलपुरको राजमार्ग आसपासमा रहेका प्रगतिनगर खानेपानि, दिब्यपुरी खानेपानी, कावासोती खानेपानी, तम्सरिया खानेपानी, अरुणखोला खानेपानी, अग्यौली खानेपानी, रजहर खानेपानी, बिजयनगर खानेपानी, कुढौली खानेपानी,नयाँबेलहानी खानेपानी, तमासपुर खानेपानी, अमरापुरि खानेपानी, कुसुण्डे खानेपानी , दुम्किबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संरचनामा असर पर्ने देखिएको छ ।
ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेश भौतिक पुर्वधार विकास मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय तनहुका प्रमुख ई . विकेश वधानथाछेले खानेपानी भनेको मानिषको नभै नहुने आवश्यकता भएकाले सम्बन्धित निकायसम्म समस्याका बारेमा जानकारी गराएर समाधानको उपाय खोजिने प्रतिबद्धता जनाए ।
यस्तै सोहि टोलीले संघिय खानेपानी तथा ढल व्यस्थापन आयोजना पोखरा कार्यालयका आयोजना प्रमुख शिबेन्द्र झालाई समेत ज्ञापनपत्र बुझाएको छ ।

You might also like
Loading...