नवलपुर महोत्सवको उपप्रधानमन्त्रीले उद्घाटन गर्ने


कावासोती, ९ माघ ।



माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवको उद्धघाटनका लागि उप–प्रधान एव रक्षामन्त्री ईश्वर पोख्रेल आउनुहुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलका अनुसार १७ गते महोत्सवको उद्धघाटनमा उप–प्रधान एव रक्षामन्त्री पोख्रेल आउने तय भएको हो । यसै गरी महोत्सवको समापनका दिन माघ २७ गते उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आउनुहुने अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

थकाली चोक देखी उत्तर तर्फ कावासोती नगरपालिका ३ राममन्दिरस्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवको तयारी स्वरुप अहिले गेट निर्माण,स्टल निर्माण,पानीको व्यवस्थापन,हिमाल पहाड तराईको झल्को दिने आकृति निर्माण लगाएतको काम धमाधम चलिरहेको छ । माघ १७ गते देखी २७सम्म हुने महोत्सवमा दर्शकहरुको व्यापक सहभागिता हुने र महोत्सवले यस क्षेत्रको उद्योग,व्यापार प्रर्वद्धन,पर्यटकीय क्षेत्र,विभिन्न जातजातीका कला संस्कृतिको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने आयोजक नवलपुर उद्योग वाणीज्य संघले अपेक्षा लिएको छ ।






सम्बन्धित
Loading...