जिफन्ट गैडाकोट नगर गठन

596







गैडाकोट । नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीको आयोजनामा गैंडाकोट नगर भेलाले नगर कमिटी गठन गरेको छ ।
गैंडाकोट नगरपालिमा रहेको कोटिहोममा भएको पालिकास्तरिय पहिलो भेलाबाट हुमबहादुर गुरुङ्गको नेतृत्वामा सात सदस्यीय कार्य समिति गठन भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा क्युपेक नेपालका तिलक सापकोटा, सचिबमा टाइम फर्मामा कार्यरत ऋषिराम सुबेदी, सदस्यहरुमा दान बहादुर क्षेत्रि, बिष्णु लामा, चन्द्र बहादुर रोक्का मगर र सुमन गैरे चयन हुनु भएको छ । बाँकि चार जना सदस्यहरु पछि छनोट गरिने जिफन्ट गैंडाकोटले जनाएको छ ।
भेला उद्घाटन गर्दै जिफन्टका प्रदेश ४ अध्यक्ष रुद्र खत्रीले श्रमीकहरुका अधिकार बनेकोमा श्रमिकहरुलाई अब काम गर्न सहज हुने बिश्वास गर्नुभयो । साथै उहाँले श्रमिकहरुलाई सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक नदिने कम्पनि वा संघ संस्था कानुनी कार्बाहिका भागिदार हुने र सामाजिक सुरक्षा कोषको सफ्टवेयर बनेको र सबैकाम कम्प्युटरले गर्ने भएकोले हातले लेख्नु नपर्ने बताउनु भयो ।
कार्यक्रममा समग्र ट्रेड युनियन नेपालका केन्द«ीय सचिब राजन भण्डारि, स्वास्थ्य स्वयं सेबिका केन्दि«य सदस्य देउकला बराल, समग्र ट्रेड युनियन नेपाल प्रदेश नं ४ संयोजक दुर्गा भुषाल, क्युपेक नवलपरासिका अध्यक्ष गोबिन्द बहादुर क्षेत्रि, जिफन्ट नवलपरासिका निर्बतमान अध्यक्ष बिद्या बिक लगायतको उपस्थिति थियो ।
गण्डकी प्रदेश संघठन कमिटी जिफन्ट का उपाध्यक्ष नन्दलाल अधिकारीको अध्यक्ष्तामा आयोजित भेलामा रमेश ढकालले स्वागत तथा टीकाराम पौडेलले सहजीकरण गर्नु भएको थियो ।

You might also like
Loading...