आजदेखि नवलपरासीका चिनी मिल सञ्चालनमा आउने

86







नवलपरासी, १३ माघ ।
आजदेखि नवलपरासीका चिनी कारखानाहरु सञ्चालनमा आउने भएका छन् ।
नवलपरासीमा ३ वटा चिनी कारखाना रहेका छन् । ति मध्ये दुई वटा चिनी मिलले आधिकारिक रुपमा सूचना जारी गरेर आज देखि चिनी मिल सञ्चालनमा आउने जनाएका छन् ।
लामो समय देखि मिल संचालन गर्न आनाकानी गर्दै आईरहेको पश्चिम नवलपरासीका चिनिमिल संचालकहरु मिल संचालन गर्न सहमत भएपछि चिनी मिल सञ्चालनमा आउने भएका हुन् ।
सुस्ता गाउपालिकामा रहेको बाग्मती सुगर मिलले शुक्रबार देखि किसानलाई पुर्जी वितरण गर्न सुरु गरिसकेको छ भने आईतबारबाट मिल संचालनमा आउने जनाएको छ । मिल संचालनमा आउने भएपछि खेतमै उखु सुक्न लागेका किसानहरु खुसी भएका छन् ।
त्यसैगरी प्रतापपुर गाउपालिकामा रहेको ईन्दिरा सुगर मिल समेत आईतबारबाट संचालनमा आउने भएको छ । मिलले सुचना टांस गरेर आईतबारबाट मिल संचालनमा आउने जानकारी गराएको हो । उखु क्रसिङ्गको सिजन २ महिना ढिला हुंदा किसानको उखै खेतमै सुक्न थालेपछि किसानहरु निक्कै चिन्तित भएका थिए ।
स्थानीय तहसँगको छलफल पछि चिनी मिल सञ्चालकहरु मिल सञ्चालनका लागि तयार भएका हुन् । उनीहरुले सरकारले उखुको मूल्य निर्धारण गरेसँगै चिनीको पनि मूल्य निर्धारण गरिदिनु पर्ने पक्षमा छन् ।
चिनी मिल सञ्चालकहरुले किसानहरुको उखु खेतमै सुकेर करोडौंको नोक्सान हुने अवस्था रहेका कारण चिनी कारखाना सञ्चालन गर्न सहमत भएको जनाएका छन् ।

You might also like
Loading...