अखिल नेपाल राष्ट्रिय शिक्षक संंगठनकाे देश भर अभियान


नेकपा क्रान्तिकारी माओवादी आवद्ध अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो संगठनलाई देशैभरि चलायमान बनाउने भएको छ।




पार्टी कार्यालय बुद्ध नगरमा बसेको केन्द्रीय समिति बैठ्कले सम्बन्धित प्रदेश,जिल्ला र इकाइ स्तरसम्मका पार्टी कमिटिसँग समन्वय गरेर अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन निर्माणमा तिब्रता ल्याउने निर्णय गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष तर्क बहादुर थापा(मगर)को मृत्युपछिको खाली पद उपाध्यक्षमा टंकराम अधिकारीलाई सुम्पिएको छ भने फ्याक्सन इन्चार्जको सिफारिसमा १ नं प्रदेश संयोजक उमानाथलाई चयन गरिएको छ।

प्रकाशन बिभाग प्रमुखमा विष्णु आलेलाई जिम्मेवारी दिइएको छ भने आर्थिकमा अम्बर थापालाई चयन गरिएको छ।बैठ्कमा कम्तीमा तिनपटक उपस्थित नहुने जो कोही संगठनका सदस्यलाई निगरानीमा राख्ने वा हटाउने, लेबीलाई पारदर्शी बनाउने र संगठन गतिविधिमा सक्रियता ल्याउने लगायत प्रस्ताब पारित गरेको छ।




बैठ्कले विधान अनुसार ०७६ चैत्रमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गर्नेछ।




सम्बन्धित
Loading...