नवलपरासी समाज जापानको सहयोग

38







नवलपरासी समाज जापानले सहयोग हस्तान्तरण गरेको छ । गैडाकोट वडा नम्वर ३ ढोडेनिकी २२ महिने बालिका सिमरान पौडेलको जिवन रक्षाको लागी संकलित रकम मुकुन्दसेन टेलिभिजन मार्फत उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
आमाले फुटपाथमा ब्यवसाय गरी ब्यापार गर्ने क्रममा तातो तेल पोखिएर सरिरमा परेपछि उनको अबस्था गम्भिर बनेको थियो ।
बिभिन्न दाताको आर्थीक सहयोगका कारण बालिकको अवस्था अहिले खतरा मुत्त रहेको छ । नवलपरासी समाज जापानले मुकुन्दशेन टेलिभिजनकै कार्यालयमा एक कार्यक्रम गरि टेलिभिजनका प्रवन्ध निर्देशक असिफ गुरुगं मार्फत जनप्रतिनिधिको रोहबरमा बालिकाको आफन्तजनको प्रतिनिधि अर्जुन भुषाललाई १ लाख ४५ हजार २५७ रुपैया सहयोग गरेको हो । नवलपरासी समाज जापानका उपाध्यक्ष बासु बस्ताकोटी सदस्य लक्षुमण कंडेलको उपस्थीतिमा कार्यक्रम भएको हो ।
मुकुन्दशेन टेलिभिजनको आर्थीक सहयोग संकलन अभियान अन्त्रगत बालिकाका लागी नवलपरासी समाज जापानले सो आर्थीक सहयोग गरेको र त्यसले बालिकाको उपचारमा सहजता हुने आफुले महसुस गरेको मुकुन्दशेन टेलिभिजनका प्रवन्ध निर्देशक असिफ गुरुगंले बताए ।
नवलपरासी समाज जापान बाट संकलित १ लाख १५ हजार ७ सय ५७ र मुकुन्दशेन टेलिभिजनको कार्यालयमा संकलित २९ हजार ५०० रुपैया गरि १लाख ४५ हजार २५७ हस्तान्तरण गरिएको थियो । यो अभियान आगामी दिनमा पनि सन्चालन गर्ने गुरुगंले बताउनु भयो ।
बालिकाको उपचारमा अस्पतालले वेड चार्ज र अन्य सामानय खर्च मात्रै बेर्होदै आएको छ । औषधी उपचार सबै परिवारजनले गर्दै आएको छ ।

You might also like
Loading...