कब्जियत छ, अब यसरी हटाअाैं


जाडो मौसममा शरीरमा पानीको कमीका कारण कब्जियतले सताउने डर पनि उत्तिकै हुन्छ। बेलाबेलामा पानी पिइरहने बानीले पाचन प्रणालीमा सहयोग पुर्‍याउन सक्छ।




यस्तो अवस्थामा चिनी हालेको सोडाजन्य पेय पदार्थ खाँदा कब्जियत झन् बढाउन सक्छ। त्यसैले केही समयको अन्तरालमा मनतातो पानी पिइराख्नु नै शरीरका लागि उपयुक्त हुन्छ ।
यसबाहेक जीवनशैलीका यी विभिन्न उपाय अपनाउँदा पनि कब्जियत कम गराउन मद्दत गर्छ ।

व्यायाम




पछिल्ला केही अध्ययनअनुसार व्यायाम कब्जियतको उपचार नभए पनि यसले समस्यालाई कम गर्न मद्दत गर्ने गरेको पाइएको छ। व्यायामले शरीरको सम्पूर्ण स्वास्थ्यलाई फाइदा पु¥याउँछ र यो समस्या पनि घटाउँदै लैजान्छ ।

कफी धेरै खाने

कफीले पाचन प्रणालीका मांसपेशीहरूलाई परिचालन गरेर कब्जियतबाट छुट्कारा दिलाउन मद्दत गर्छ। त्यसैगरी कफीमा पाइने रेसाजन्य पदार्थले पनि यसको उपचारमा मद्दत गर्छ। पाचन प्रणाली सक्रिय बनाउने सन्दर्भमा पानीले भन्दा कफी ६० प्रतिशत बढी प्रभावकारी हुने देखिएको छ ।

दूधजन्य पदार्थ नखाने

केही मानिस दूधजन्य पदार्थ पचाउन सक्दैनन्। दूधले त्यस्ता मानिसको आन्द्राको चाललाई असर गर्ने हुनाले यस्ता उत्पादनले कब्जियत बढाउँछ। तर, यस्ता खानेकुरा खान छाडे क्याल्सियमयुक्त खानेकुरा भने खानु जरुरी हुन्छ ।

आरुबखडा

सुकाएको आरुबखडा वा यसको रस कब्जियतका लागि अत्यन्तै लाभदायक खाना हो। दैनिक पचास ग्राम आरुबखडा वा सुकेको आरुबखडा खाँदा रेसादार खानाले भन्दा पनि प्रभावकारी काम गर्छ ।

रेसादार खाना

घुलनशील रेसादार खानाले दिसालाई कसिलो बनाउनबाट जोगाउँछ। त्यसैगरी अघुलनशील रसादार खानाले पेट वा आन्द्रामा खानाको चाललाई सक्रिय बनाउँछ। त्यसैले ओखर, हरिया सागपात, गहुँको खस्रो पीठो, गाँजर, काँक्रो लगायतका खानेकुरा खाँदा फाइदा पुग्छ ।

फलफूलको जुस

स्याउ, सुन्तला, खर्बुजा, मौसम लगायतका फलफूलको जुसले पनि कब्जियत घटाउन सहयोग गर्छ। यी जुसमा भएका भिटामिनले पनि पाचन प्रणालीलाई मात्र नभई स्वास्थ्यलाई नै लाभ पु¥याउँछ ।




सम्बन्धित
Loading...