युएईसँगको एक दिवसीय क्रिकेटमा नेपाल २–१ विजयी

64







कावासोती । युएईसँग भएको एक दिवसीय क्रिकेट प्रतियोगिताको आजको अन्तिम खेल पनि नेपालले जितेको छ । युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४ विकेट बाँकी छँदा ४४ दशमबल ४ ओभरमै भेट्याएको हो ।
युएईसँगको पहिलो खेलमा हार ब्यहोरेको नेपालले यो जितसँगै लगातार ३ खेल मध्ये ३ खेलमा जित हात पार्दै २–१ ले युएइसँगको एक दिवसीय अन्तराष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको हो ।

आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा जित हात पार्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालसँगे युएईले पुरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको हो ।
दुई सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ दशमलब ४ ओभरमै लक्ष्य भेटाएको हो । आजको खेलमा कम्तान पारष खड्काले एक सय १५ रन लिएका थिए । उनले एक सय ९ बलमा १ छक्का १५ चौका सहित एक सय १५ रन लिएका हुन् । आजको खेलको जितमा कप्तान पारश खड्काको महत्वपूर्ण योगदान रह्यो ।
त्यस्तै आजको खेलमा ज्ञानेन्द्र मल्लले ३१ रन, सोमपाल कामीले नटआउट खेल्दै २६ रन, आरिफ शैखले नटआउट खेल्दै २१ रन जोडे ।
त्यसैगरी आज खेलबाट सिनियर टिममा डेब्यु गरेका सन्दीप जोराले १९ रन, रोहित पौडेलले १६ रन, विनोद भण्डारीले ९ रन र दिपेन्द्र सिह ऐरीले ६ रन लिए ।
पहिलो इनिङ्गमा नेपालका लागि पारष खड्का र करन केसीले २, २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

You might also like
Loading...