गैंडाकोटको बालमैत्री वडा

173







गैडाकोट वडा नं ११ ले बालमैत्री वडा बनाउनको लागि आफ्नो कामहरु सुरु गरिरहेको छ । सोमबार मुकुन्दपुर खानेपानीको सभाहलमा वडा नंं ११ का बिभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुलाई राखेर वालमैत्री वडा हुनका लागि आवश्यक सूचकांकहरुको बारेमा जानकारी गराई तयसमाथि छलफल गरिएको थियो ।
कार्यक्रममा मुकुन्दपुर खानेपानीका अध्यक्ष, भेडाबारी सामुदायिक बनका अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक, वडा सदस्यहरु लगायत अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीे थियो ।
वडाध्यक्ष गोबिन्दप्रसाद सुवेदीले आफ्नो वडालाई बालमैत्री वडा बनाउनको लागि लगभग ७५ प्रतिशत सुचकांकहरु पुरा भई सकेको र बाँकी सूचकांकहरु पनि वडाले छिट्टै पुरा गर्ने बताउनु भयो । जस अन्तर्गत पूर्ण खोप वडा, पूर्ण शुद्ध खानेपानी बितरण गरिएको वडा, पूर्ण सरसफाई उन्मूख वडा लगायतको सूचकांकहरु पुरा गरिसकिएको छ ।
वडाध्यक्ष सुबेदीले वालमैत्री वडा घोषणा २०७५ चैत्र मसान्तसम्म घोषणा गर्ने भनिए तापनि २, ४ महिना ढिलै गरेर भएपनि घोषणा गरिने बताए । हाल गैडाकोट नगरपालिकामा वडा नं. १, ५ र ११ मा बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ ।

You might also like
Loading...