गैडाकोटको केलादीमा बुद्ध शान्त पार्क बन्ने


कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ केलादीमा बुद्ध शान्त पार्क बनाइने भएको छ ।
पार्क निर्माणको लागि यही फागुन ४ गते देखि ११ गतेसम्म गैँडाकोट नगरपालिका २ शिलान्यास चोकमा श्रीमदभागवत महापुराण एवम् धनधान्याचल ज्ञान महायज्ञ गरी त्यसबाट संकलित रकमले गैँडाकोट–३ केलादीमा बुद्ध शान्त पार्क निमार्ण गर्ने भएको हो ।
आयोजक संस्था बुद्ध शान्त पार्क मूल आयोजना समारोह समितिले गैँडाकोटमा एक कार्यक्रम गरेर महायज्ञबारे जानकारी दिएको हो ।
युवा पण्डित बालकृष्ण अर्यालले कथा वाचन गर्ने .भागवत कथा सुनी पुण्य लाभ लिन आयोजक संस्थाले सबैमा आग्रह गरेको छ ।
महायज्ञबाट संकलित रकमले वृद्धाश्रम, बुद्ध शान्त पार्क, २९ फिट अग्लो बुद्ध मूर्ती, २१ फिटको महादेवको मुर्ती, ५ फिटको पञ्च बुद्ध, गणेश, हनुमान, राम लक्ष्मण, सीता, राधाकृष्ण, बुढानिलकण्ठ, सरस्वती र विश्वकर्मा मन्दिर बनाइने आयोजक समितिका अध्यक्ष शान्त शाक्यले बताए ।
फागुन ४ गते १० बजेबाट कलश यात्रा, १ बजे उद्घाटन, ५ देखि ११ गते सम्म सप्ताह पाठ पारायण तथा कथा वाचन हुने आयोजकले जनाएको छ ।







सम्बन्धित
Loading...