मुलुकलाई पुनः द्वन्द्वमा फसाउने प्रयास हुँदैछः प्रधानमन्त्री





१५ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पुनः द्वन्द्वमा फसाउने खेल भईरहेको बताएका छन् ।
उनले मुलुकमा द्वन्द सिर्जना गरी हाम्रो देशमा हत्या, हिंसा, अराजकता जारी छ भन्ने पारेर पुन सामान्तवाद ल्याउन प्रयास भईरहेको आरोप लगाए ।
सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
एनले विगतमा भएको द्वन्द्वको घाउमा मलम लगाउनुको साटो पुनः द्वन्द्व निम्त्याउने प्रयास भइरहेको बताए ।
उनले भने – यो बेला द्वन्द्वको घाउमा मलम लगाउने बेला हो, मलम लगाउनुको सट्टा झन द्वन्द बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम हुँदैछ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहिद घोषणा गरिएको जानकारी गराएका जिए ।
उनले सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानका २३ जनालाई सहिद घोषणा गरिएको जानकारी दिए ।




सम्बन्धित
Loading...