घरेलु कार्यालयको अन्तरक्रिया

47







परासी । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट बजार विकास समिती बर्दघाटको व्यवस्थापनमा समितीको कार्यालयमा बजार विस्तार तथा उद्यमी अन्तर्किया कार्यक्रम मंगलबार भएको छ ।
समितिका अध्यक्ष शोभाकान्त कोइरालाको अध्यक्षता भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमालले परिवर्तन आफुबाटै सुरु गर्नुपर्ने बताउदै बजार विस्तार गर्न उत्तरी नाकालाई रिगं रोडमा जोड्न सम्भाव्यता अध्ययन समेत सम्पन्न भैसकेकोले अब छिटै नै बजार विस्तार हुने बताए ।
कार्यक्रममा कार्यालयको कार्य पत्र प्रस्तुत गर्दै घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख नन्दलाल पौडेलले गत आर्थिक वर्षमा नवलपरासीमा ६ हजार २ सय ३१ उद्योगहरु दर्ता रहेकोमा वाणिज्य तर्फ १२ हजार ३२ फर्म दर्ता भई आर्थिक वर्ष ०७४, ०७५ मा २१ करोड ५२ लाख ५६ हजार ३ सय २० र पुस मसान्त सम्म १ करोड ७३ लाख ६३ हजार बराबरको राजस्व संकलन भएको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष रुद्र प्रकाश उपाध्यय, उद्योग बाणिज्य संघ बर्दघाटका उपाध्यक्ष धनन्जय पौडेल, बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दया दर्लामी लगायतले उद्योगी व्यवसायिको समस्या र प्रकृयाका बारेमा जिज्ञासा राखेका थिए ।

You might also like
Loading...