सात करोडको लागतमा गाँउपालिका आधुनिक कार्यालय भवन निर्माण हुदै

42







गोपी ज्ञवाली ।
नवलपरासी, माघ १६ गते । सात करोड रुपियाँको लगानीमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाको पालिका कार्यालय भवन निर्माण हुदै छ ।
चार तला सम्मको उचाई सम्म बन्ने गाँउपालिकाका कार्यालायको निर्माणका लागि कार्यपालिकाले सात करोड ४९ लाख ८४ हजार ७३६ रुपियाँ रकम विनियोजित गरेको पाल्हीनन्दन गाँउपालिकाका प्रमुख दिपक गुप्ताले बताउनु भयो ।
भुकम्परोधि भवनको रुपमा बनाईएको चार तले पालिकाका कार्यालयमा माथि जानका लागि लिफट सिस्टम सहित दोहोरो सिडीको ब्यवास्था गरिएको पाल्हीनन्दन गाउपालिकाका ईन्जीनियर शंकर कुर्मीले बताउनु भयो । गत असोज देखी निर्माण काम शुरु गरेको प्रकृतिक निर्माण सेवाले आगामी दुई वर्ष भित्रमा भवनको निमार्ण कार्य सम्पन्न गर्ने गरि निर्माण कार्य शुरु गरेको ठेकेदार कम्पनीले जनाएको छ ।
तीन तीन वटा सभा हलहरु प्रत्येक तलामा रहने गरि बनाउन लागिएको गाँउपालिकाको आधुनिक भवनमा करिब ५० वटा भन्दा बडि कोठाहरु रहने बताईएको छ । पाल्हीनन्दन गाँउपालिकाको वार्ड नम्बर ४ बेलास्पुरमा बन्न लागेको भवन स्थलमा प्राकृति रुपमा रहेको पोखरी पुरेको भन्दै स्थानियवासी एवं मुख्य प्रतिपक्षले भने पालिकाभवनको निर्माण जोडदार विरोध गरेका थिए । पालिकासको बिचाबिच भागमा रहेको पानीको पोखरी नपुरिएको र बरु यस्लाई अर्फ ब्यावस्थित पानरी भवन निर्माण गर्न लागिएको गाँउपालिका प्रमुख गुप्ताले बताउनु भएको छ ।
पश्चिम नवपरासीको सुनवल नगरपालिका, पाल्हीननदन गाउपालिका सरावल गाउपालिकाको अफनो भवन नरहेकोले यी पालिकाहरुका कार्यालयहरु भाडाको घरमा बस्दै आएका छन ।

You might also like
Loading...