भेनेजुएला सङ्कट: सर्वोच्च अदालतद्वारा विपक्षी नेता गुआइदोलाई देश छोड्न प्रतिबन्ध


भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइदिएको छ।




भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ।

गत साता गुआइदोले आफूलाई देशको ‘निमित्त नेता’ घोषणायता भेनेजुएलामा सत्ताको लागि सङ्घर्ष चुलिएको थियो। त्यसपछि सर्वोच्च अदालतको यस्तो आदेश आएको हो।




दक्षिण तथा उत्तर अमेरिकी राज्यहरूको एउटा समूहले तत्काल कुनै पनि सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

पेरूका विदेशमन्त्री नेस्टर पोपोलिजियोले भेनेजुएलामा जारी सङ्कटको शान्तिपूर्ण समाधान खोज्न सन् २०१७ मा बनेको क्यानडासहित १४ देशहरूको एउटा समूह लिमाले सैन्य हस्तक्षेपको विरोध गर्ने बताएका छन्।

अमेरिकी अधिकारीहरूले सङ्कट समाधानका विभिन्न उपायहरूबारे छलफल गर्न आफूहरू तयार भएको बताएका छन्। गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपङ्क्तिमा अमेरिका रहेको छ। त्यस्तै राष्ट्रपति निकोलस मडुरोलाई पनि रुसजस्ता मित्र शक्तिहरूले समर्थन छ।




सम्बन्धित
Loading...