एनसेलले कर नतिरे टावर ध्वस्त पार्ने चेतावनी

58







नवलपरासी १७ माघ ।
विप्लप नेतृत्वका नेकपाका विद्यार्थी संगठन र युवा संगठनले एनसेलले कर छलि गरेको भन्दै नवलपरासी लगायतका जिल्लाहरुमा प्रदर्शन गरेका छन् ।
कावासोतीमा कालो ब्यानर र प्लेडकार्ड सहित विरोध प्रदर्शन गरेका उनीहरुले कावासोतीको फलफूल चोकमा कोण सभा गरेका थिए ।
कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज विरेन्द्र विकले एनसेलले कर नतिर ध्वस्त पारिदिने चेतावनी थिए ।
कोण सभामा युवा संगठन नेपालका अनिल परियारले पनि बोलेका थिए ।
एनसेल टेलिकम सेवाले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै अखिल क्रानितकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गरेका छन ।
उनीहरूले तत्काल कर तिर्न माग गर्दै र कर नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् । रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा रहेका ऐनसेल टावर ध्बस्त पार्ने चेताबनी िदए ।

You might also like
Loading...