विप्लवका प्रवक्ता विश्वकर्माका छोरा नरेन्द्र गोलीसहित पक्राउ

79







विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विश्वकर्मा गोलीसहित पक्राउ परेका छन् ।

बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा पक्राउ परेका नरेन्द्रबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको प्रहरीले जनाएको छ ।

कालीकोट घर भएका २७ वर्षीय नरेन्द्रको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको हो । उनी यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए ।

You might also like
Loading...