अन्ततः डा. केसीले अनसन ताेडे

58







काठमाडाै । त्रिवी शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारीकाे हातवाट जुश पिएर डा. गाेबिन्द केसीले १६ अाै अनशन शु्क्रवार बेलुका ताेडेका छन् ।

उनी २४  दिनदेखी अनशनरत थिए । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाउदै अनसन ताेेेडेका हुन ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् ।

You might also like
Loading...