प्रहरीको नाटक मञ्चन


पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रथम औधोगिक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको दोस्रो दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागुऔषध दुव्यबसनि न्युनिकरण सम्वन्धी चेतना मुलक नााटक संगत प्रस्तुती गरिएको थियो । नाटक मार्फत युवाहरु कसरी दुव्यवसनिमा प्रवेश गर्दछन् र कसरी विग्रिन्छन भन्ने कुराहरु प्रस्तुत गर्नै प्रयास गरिएको थियो । नाटकमा पात्रको रुपमा नेपाल प्रहरी र नागरिकको सहभागिता रहेको थियो ।




विभिन्न जातजातिका कला संस्कृति अन्तरगत थारु समुदायको परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । राष्टिय कलाकार हरु लोक दोहोरी गायिका सपना गाहा, लोकदोहोरी गाएक उमेश गुरुङ्ग, हास्य कलाकार उज्वल गिरि, लगाएतका कलाकार हरुले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । प्रदर्शनी स्थलमा कृर्षि जन्य उत्पादनका स्टल, हस्तकलाका स्टलहरु र व्यबसायिक स्टलहरुमा  घुमिरहेका देखिन्थे ।

महोत्सव स्टलमा निर्माण गरिएका विभिन्न जातजातिका घरहरु मा दर्शकहरुको अबलोकन गर्नै घुईचो लागेको छ । घर संगै राखिएका स्टलहरुमा पाकीरहेका विभिन्न जातजातिका खानाका परिकार हरुको स्वाद दर्शकहरुले रुचिकासाथ लिएका थिए ।  विभिन्न विद्यालयका बिधार्थिहरु र अन्य दर्शकहरुको उल्लेखनिय उपस्थिती रहेको मेलाका प्रबक्ता रमेश पराजुलीले जानकारी दिनु भयो ।







सम्बन्धित
Loading...