गैंडाको आक्रमणबाट नवलपुरको मध्यविन्दुमा एक बृद्वको मृत्यू

140







बिजय चालिसे ।
माघ, १९, कावासोती ।
नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक बृद्वको ज्यान गएको छ । ज्यान जानेमा मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ बर्षिय पदम बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।
हिजो दिउसो भैसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यबर्ति क्षेत्र नारायणी नदि किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजि गर्ने क्रममा उनि मृत भेटिएको उहाले बताउनुभयो ।
खोजतलास गर्ने क्रममा मध्यविन्दुको करङघारी भन्ने स्थानको कासघारमिा बेलुका ८ बजेतिर गैंडाको आक्रमणबाट मृत्यू भएका क्षेत्रिको शव भेटिएको थापाले बताउनुभयो ।

You might also like
Loading...