पुरुषको भन्दा महिलाको आयू लामो किन?

36







विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर, पुरुषको तुलनामा महिलाहरुको औषत आयू लामो हुने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू सरदर ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । यो तथ्यांकमा लिंगका आधारमा औसत आयु छुट्टाउँदा महिला ७४ वर्ष दुई महिना र पुरुष ६९ वर्ष आठ महिनाको आयूको छ ।
पुरुषभन्दा महिला एक सय वर्षभन्दा बढी जिउने सम्भावना बढी हुन्छ । सन् २०१० को अमेरिकी जनगणना अनुसार अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ जना मानिस थिए ति मध्ये ९ हजार १ सय ६२ जनामात्र पुरुष थिए भने पुरुषको तुलनामा झण्डै पाँच गुना बढी अर्थात ४४ हजार २ सय २ जना महिला थिए ।
पुरुषभन्दा महिला बढी बाँच्ने प्रमुख तिन कारणहरुः
१. जीन
मानव मृत्युदरका बारेमा विश्वभरका देश मध्ये ४० देशसँग तथ्यांक छ । महिलाहरूमा दुई सेट एक्स क्रोमोजोम हुन्छ । तथ्यांक भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औसत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।
युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, पुरुष भ्रुणहरू महिला भ्रुणभन्दा बढी खेर जान्छन् । यसको एउटा कारण चाहिँ लिंग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ । महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् ।
क्रोमोजोमा जीन हुन्छ । एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ । पुरुष चरामा दुई एक्स क्रोमोजोम हुन्छ । जेम्सका अनुसार यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।
एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसका अनुसार पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ । भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन् ।

२. हर्मोनः
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ । धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ । यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ ।
विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् ।
केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए । तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको औसत उमेर ७० वर्ष पाइएको थियो। त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो । धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् ।
महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ । महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ ।

३. पेशा र आचरण
द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ । तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ । धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ ।
रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् । महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ ।
महिलाहरू पुरुषभन्दा बढि अस्पताल पुग्छन् । महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन् ।
तर पछिल्ला केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन् ।
ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ । इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ ।
अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्यांक छ । प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।

You might also like
Loading...