जीवन ज्योति माविको ४१ औं बार्षिकोत्सव

56







कावासोती, २७ माघ ।


नवलपुरको कावासोती ३मा रहेको जीवन ज्योति माविले आइतबार आफ्नो ४१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले शिक्षाको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको ठूलो भूमिका रहनेमा पनि जोड दिए ।

कार्यक्रममा शिक्षा तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले जीवन ज्योति मावि अब सदरमुकामको हिसावले मुटुमा रहेको विद्यालय रहेकोले यस विद्यालयले शैक्षिक गुणस्तर सुधारमा व्यापक सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, जनता माविका प्रधानाध्यापक डा. गोपाल लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा विद्यालयका शिक्षक पदमराज कोइरालालाई बर्ष असल शिक्षकको रुपमा सम्मानित गरिएको थियो भने विद्यालयमा आर्थिक सहयोग गर्ने विभिन्न दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा शिक्षक पिताम्बर दाहालको सञ्चालनमा भएको थियो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सोही कार्यक्रममा सरस्वती पूजाको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुरले विद्यालयका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको थियो ।

You might also like
Loading...