बाढीपीडितमा महायज्ञ शुरु

22







बर्दघाट । बर्दघाट ४ बाढिपिडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिमा शिव महापुराण एवं धन धान्याञ्चल ज्ञान महायज्ञसुरु भएको छ । महायज्ञको पहिलो दिन आइतबार शोभा कलश यात्रा निकालिएको थियो । भक्तजनहरुले बर्दघाटबजार परिक्रिमा गरी बाढिपिडित क्षेत्र हुंदै पुुन महायज्ञ स्थलमा पुगेर कलशयात्रा समापन गरेका थिए ।
समापन पछि आयोगित औपचारिक उद्घाटन कार्यक्रम बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र मुल आयोजक समितिका संयोजक केहरसिंह गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।
शर्माले गाउठाउमा हुने धार्मिक गतिविधिले समाजमा आपसि सद्भावको विकास गर्नेमा जोड दिए ।
महायज्ञको पहिलो दिन समाजसेवी हरिप्रसाद सुवेदीबाट १ लाख ५५ हजार ५ सय ५५ रुपैया, कुल बहादुर खत्रीबाट १ लाख ११ हजार ५ सय ५५ र मन्दिरकी पूर्व अध्यक्ष एवं समाजसेवी लालकुमारी गौतमले १ लाख ११ हजार ५ सय ५५ रुपैयां दान गरेका थिए ।

You might also like
Loading...