सकियाे नवलपुर महोत्सव; निजि क्षेत्रको प्रमुख चुनौती चर्को ब्याजदर: गोल्छा


माघ, २७ कावासोती ।
नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भएको पाँचौं नवलपुर महोत्सव सकिएकाे छ ।
सङ्घका अध्यक्ष डासुराज पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको नेपाल उद्याेग बाणिज्य महासङ्घका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले नवलपुर जिल्ला देशकै अर्थतन्त्रको ठूलो मेरुदण्ड भएको बताए।
उनले नवलपुरमा ठुला ठुला उद्याेग कलकारखाना रहेकाले यो क्षेत्र सम्भावनानै सम्भावनाको खानी रहेको बताए।
उनले अहिले निजि क्षेत्रको ठूलो चुनौती नै चर्को ब्याजदर रहेको बताउँदै ब्याजदर नघटे र यसको समाधान नगरे मुलुकको अर्थतन्त्र धरासयी बन्ने मात्र नभई देशका सबै अाैद्याेगिक कलकारखाना बन्द हुने स्थितिमा पुग्ने दावी गरे ।
माघ १७ गतेदेखि सुरु भएको महोत्सवमा १/२ दिन मौसमले अबरोध गरेपनि झण्डै ८० हजार बढी दर्शकहरुले अबलोकन गरेको आयोजकले दाबी गरेको छ ।
अन्तिम दिन पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अन्तिम दिन गायक रमेश राज भट्टराई, गायिका सुनिता अधिकारी चर्चित हास्य टेलिश्रृंखला मेरीबास्सैका हास्य कलाकार ठ्यास कुमारी र प्याकुलीको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।







सम्बन्धित
Loading...