हकुइमा कुस्ती प्रतियोगिता हुँदै

221







परासी, २८ माघ । रामग्राम नगरपालिकास्थित हकुइमा आगामी फागुन ७ देखि ८ गतेसम्म अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । यसअघि पुरुषका लागि मात्र प्रतियोगिता हुँदै आएकामा यस वर्ष महिलाले पनि सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा नेपाल र भारत दुवैतर्फका पुरुष र महिला गरी करीब ३०० कुस्तीवादले भाग लिनेछन् । प्रतियोगितामा भारतको पञ्जाव, गोरखपुर, दिल्लीलगायत स्थानका पुरुष र महिला पहलवानको सहभागिता रहेको छ भने नेपालको काठमाडौँ पोखरालगायत स्थानबाट खेलाडी आउने भएका छन् ।

हकुइमा हुल लागेको सो प्रतियोगिता व्यवस्थापनका लागि एक समिति गठन गरिएको छ । सांस्कृतिक, सामाजिक र शारीरिक दृष्टिकोणबाट मधेशको प्राचीन खेल संरक्षण गर्न आवश्यक भएकाले प्रतियोगिता गर्न लागिएको व्यवस्थापक समितिका सचिव धुव्र चौधरी बताए ।

प्रतियोगिता सम्पन्न गर्न करीब रु पाँच लाख लाग्ने अनुमान गरिएकाले स्थानीय तह, सङ्घसंस्था, स्थानीय उद्योग व्यवसायीहरूसँग सहयोग मागिएको व्यस्थापन समितिले जनाएको छ । प्रतियोगिताका लागि रामग्राम नगरपालिका–१५ र १६ ले समेत आर्थिक सहयोग प्रदान गर्ने भएको वडा नं १५ का अध्यक्ष धनपति यादवले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ७५ हजार, दोस्रो हुनेले एक लाख तथा तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा सहभागी हुने सबै पहलवानका लागि स्थानीय स्तरबाटै जिन्सी पुरस्कारको पनि व्यवस्था गरिएको सचिव चौधरीले जानकारी दिए ।

You might also like
Loading...