चीनको पूर्वी प्रान्तमा ११ जनाको मृत्यु


हेफेइ ।   चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरू ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।




आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरू चार जना घाइते भएका हुन् ।

स्थानीय समयअनुसार बिहान ५ः१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।


घाइते अरू चार जनाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समयअनुसार ८ः११ बजे बिहान लुजिङको हेफेइमा भएको हो । यस दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् ।




सम्बन्धित
Loading...