युद्धका कार्यभार पुरा गर्न क्रान्ति आवश्यकः केसी

41







नवलपरासी, १ फाल्गुन । नवलपरासीमा जनयुद्ध दिवस मनाइएको छ । २०५२ सालमा फाल्गुन १ गतेबाट माओवादीले जनयुद्ध शुरु गरेको दिनको सम्झनामा बुधबार कावासोतीमा जनयुद्ध दिवस मनाइएको हो ।
नेकपा क्रान्तिकारी माओवादीको भातृसंगठन क्रान्तिकारी युवा लिग प्रदेश ४ को आयोजनामा नवलपुरको कावासोतीमा जनयुद्ध दिवस मनाइएको हो ।
दिवसका अवसरमा कावासोतीका फलफूल चोकमा आयोजित कार्यक्रममा सहितको सालिकमा माल्यार्पण पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् स्कुलिङ्ग विभागका सचिव हस्तबहादुर केसीले क्रान्तिको बाँकी कार्यभार पुरा गर्न अझै क्रान्ति आवश्यक रहेको बताए ।
उनले कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट क्रान्तिमा घात भएको आरोप पनि लगाए ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, आरवाइएलको केन्द्रिय अध्यक्ष समिर महर्जन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी लगायतले जनयुद्धको बारेमा चर्चा गरेका थिए ।
उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण पंगेनीले गरेका थिए ।

You might also like
Loading...