नारायणी नदीमा पुरुषको विभत्स शव भेटियो, सनाखत हुन बाँकी

19







नवलपरासी, ४ फाल्गुन
नारायणी नदीमा प्रहरीले विभत्स अवस्थामा एक जना पुरुषको शव फेला पारेको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ नारायणी नदी किनार त्रिवेणीमा उक्त शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी निरीक्षक रमेशप्रसाद श्रेष्ठका अनुसार अन्दाजी २४÷२५ बर्षका ति पुरुषको सनाखत हुन सकेको छैन ।
५ फिट ५ इन्च अग्लो, दुवै हातको कुमदेखिको भाग नभएको अवस्थामा, छातीको बायाँ साइडमा षटकोण चिन्ह रहेको पुरुषको शव भेटिएको हो ।
शव सडिसकेका अवस्थामा फेला परेको र मृतकका शव पोष्टमार्टमका लागि पृथ्वीचन्द अस्पताल परासीमा राखिएको जनाइएको छ ।

You might also like
Loading...