नवलपुरमा ३ दिन प्रजातन्त्र दिवश मनाउने


कावासोती । पूर्वी नवलपरासीमा ६९ औं प्रजातन्त्र दिवश मनाउने भएको छ । प्रजातन्त्र दिवश मनाउनका लागि नवलपुरमा जिल्ला समारोह आयोजक समिती समेत गठन गरिएको छ ।
यहाँका सम्पूर्ण संघ संस्थाको सहभागिता रहने गरी जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा समारोह समिति गठन गरिएको हो ।
नवलपुरमा आगामी फागुन ६, ७ र ८ गते गरी तिन दिन मनाइने निर्णय भएको हो ।
जस अन्तर्गत सरसफाई, तिनै दिन सांझ दिप प्रज्ज्वलन तथा दिपावली, संघसंस्थाहरुले स्वेच्छिक रचनात्मक कार्यक्रम संचालन गरिने जिल्ला समन्वय प्रमुख चेसराम आलेले जानकारी दिए ।
फागुन ७ गते विहान ७ बजे कावासोती फलफुल चोकबाट कावासोती नगरपालिका कार्यालय सम्म प्रभातफेरी तथा पालिका कार्यालयमा प्रजातन्त्र विषयक प्रवचनको कार्यक्रम रहेको छ भने फागुन ८ गते कावासोती नगरपालिकामा रहेका वृद्धाश्रममा खाद्य तथा आवश्यक सामग्री वितरणको कार्यक्रम हुने आयोजक समितिले जानकारी गराएको छ ।




नेपालमा २००७ फागुन ७ गते तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा यो दिवस मनाइने गरिन्छ।




सम्बन्धित
Loading...