सुस्तामा निशुल्क स्वास्थ्य शिविर संचालन


त्रिवेणी । ५ नम्बर प्रदेश स्थापना दिवसका अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
प्रदेश न ५ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
डाक्टर मोहम्मद नुरुल ओदा संलग्न शिविरमा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि वार्ड न ५ सम्मका २ सय ५० जनाले सेवा लिएको डाक्टर सुमित शर्माले जानकारी दिए ।
शिविरको प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए ।
मन्त्री बरालले नेपाली जनताले जानी नजानी आफ्नो स्वास्थ्य तिर ध्यान नदिने र दिन प्रतिदिन बिषादी प्रयोग भएको सागसब्जी तथा फलफूल खाने गरेको कारणले ठुला ठुला रोगहरु लाग्ने र अकालमा नै मृत्यु हुने गरेको हुदा आफ्नो स्वास्थ्यप्रति ध्यान दिलाउने उद्देश्यले मन्त्रालयले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिए ।







सम्बन्धित
Loading...