शैन्य आधार तयार पार्दै वैद्य माओवादी

0 290








दाउन्ने न्यूज

कावासोती । नेकपा क्रान्तिकारी माओवादीले शैन्य आधार तयार पार्न थालेको छ ।
क्रान्तिकारी माओवादी पार्टी आफ्नो भातृसंगठन क्रान्तिकारी युवा लिगमा रहेका युवाहरुलाई पहिलो चरणमा राजनीतिक, वैचारिकका साथै मार्सल आर्ट (शारीरिक) प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् स्कुलि· विभागका सचिव हस्तबहादुर केसीले अहिलेसम्म १ देखि ५ नम्बर प्रदेशसम्म प्रशिक्षण सकिएको बताए ।


क्रान्तिकारी माओवादीले ७ वटै प्रदेशको प्रशिक्षण सक्दासम्म कम्तिमा ५ हजार युवालाई शारीरिक प्रशिक्षणबाट सुसज्जित गर्ने तयारी गरेको छ। केसीले सबै प्रदेशको प्रशिक्षणसक्दा ५ हजार बढी सहभागी हुने बताए।
क्रान्तिकारी युवा लिगका प्रदेश चार संयोजक उत्तम थापाले पार्टीको सामरिक महत्वको कार्यान्वयन गर्नका निम्ति आवश्यक युवा दस्तालाई सशक्तिकरण गर्न प्रशिक्षण थालिएको बताए ।
प्रदेश ६ र ७ मा अझै प्रशिक्षण सञ्चालन गर्न बाँकी नै छ ।
प्रशिक्षणलाई प्रारम्भिक प्राविधिक प्रशिक्षणको संज्ञा दिन्छन् क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष समिर महर्जन। महर्जनले यसलाई तत्काल शैन्यदस्ता भनि हाल्न नमिल्ने बताए पनि शैन्य दस्ताको प्रारम्भिक रुप भएको बताए ।

माओवादीले यो तालिमलाई निक्कै गोप्य ढंगले चलाउने गरेको छ। प्रशिक्षण ६ देखि ७ दिनसम्म सञ्चालन गर्ने गरेका छन् । प्रशिक्षणमा प्रदेश ३, २ र ५ मा युवाहरुको सहभागिता निक्कै राम्रो रहेको थियो ।
भूमिगत शैलीमा चलाएको उक्त तालिममा क्रान्तिकारी युवा लिगकै नेतृत्व तहले सहभागी युवाहरुलाई प्रशिक्षण दिने गरेको छ।
क्रान्तिकारी माओवादीले युवा दस्तालाई प्रशिक्षण दिन थालेसँगै भ्रष्टचारीलाई कारवाही थालेको थियो। यो प्रशिक्षणबाट क्रान्तिकारी युवा लिगका युवाहरुलाई शुरुमा कम्तिमा भ्रष्टाचारीहरु विरुद्ध कारवाही अभियानमा प्रयोग गर्न सक्ने देखिन्छ।
प्रदेश ४ मा पनि यसै साता यो प्रशिक्षण भएको छ। नवलपुरमा भएको प्रशिक्षणको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष एवम् पार्टी स्थायी कमिटि सदस्य सिपी गजुरेलले उद्घाटन गरेका थिए ।
उनले कार्यक्रमको उद्घाटन गर्दै पार्टीले थालेको भ्रष्टाचार विरुद्धको कारवाही अभियानलाई निरन्तरता दिने जनाएका थिए ।

You might also like
Loading...