नवलपरासी नारायणी किनाराका होटल रिसोर्टहरु पर्यटकले भरिभराऊ

115







गोपी ज्ञवाली
नवलपरासी, ६ फागुन । पर्यटन मौसमको आगमन हुना साथ नवलपरासीको नारायणी नदी किनारामा खोलीएका होटल, रिसोर्टहरु प्रर्यटकले भरिभराउ भएका छन ।
पर्यटनको मौसम आउन साथ पुर्वी नवलपरासीको दक्षिणी भागमा चितवन राष्टिय निकुन्जको अवलोकन गर्ने गरि बनाईएका होटल रिसोर्टहरुमा विदेशी एवंं स्वदेशी पर्यटकहरुको बाक्लो आगमनले यस क्षेत्रका होटल रिसोर्ट एवं होमस्टेहरु भरिएको नवलपरासी प्रर्यटन संघका जिल्ला उपाध्यक्ष डि.वि. चौधरीले बताउनु भएको छ ।
नवलपुर क्षेत्रको दक्षिणी सीमानको रुपमा रहेको नारायणी नदिको उत्तर तर्फको भागमा बनाईएका करिब डेढ दर्जन होटल रिसोर्टहरुमा नारायणी किनाराबाट चितवन राष्टिय निकुन्जका बन्य जन्तु एवं प्राकृतिक सौन्दर्यताको अवलोकनका विदेशी प्रर्यटकहरुको बाक्लो संख्यामा आउने गरेको नवलपरासी प्रर्यटन संघका जिल्ला उपाध्यक्ष चौधरीले बताउनु भयो विदेशी एवं स्वदेशी दुबै प्रकारका पर्यटकहरुको आगमन बढन थाले पछि होटल ब्यावसायी उत्साहित भएका छन ।
यस क्षेत्रमा खोलिएका होटल, रिर्सोट एवं होमस्टेहरुले पछिल्ला वर्षहरुमा पनि करोडौं रुपैयाको कारोबार गर्ने गरेको र यस वर्ष मौसमको पनि राम्रो अवश्था भए पछि पर्यटकहरु आउने समय आउने क्रम राम्रो रहेकोले ब्यावसायीहरु उत्साहित भएको बताईएको छ ।
नारायणी नदिको दक्षिण तर्फ रहेको चितवन राष्ट्रिय निकुन्ज सहित नारायणी नदिमा बन्य जिवनको अध्यन एवं अवलोकनका साथै नारायणी नदिको उत्तर तर्फ रहेका रहेका थारु समुदायका संस्कृतिको पनि अध्यन अवलोकन गर्न सकिने भए पछि यस क्षेत्रमा पछिल्ला पाच सात वर्ष देखी पर्यटकहरुको आगमनको क्रम बढदै गएको छ ।
पुर्वी नवलपरासीको पुर्वपश्चिम लोकमार्ग देखी दक्षिणी क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका सुविधा सम्पन्न होटल रिसोर्टहरुको स्थापनाको क्रम पनि बढे संगै स्वदेशी एवं विदेशी पर्यटकहरुको आगमनको क्रम पनि बढदै गएको नवलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिश पोखरेलले बताउनु भयो ।
पुर्वी नवलपरासीको पुर्वपश्चिम लोकमार्ग देखी दक्षिण तर्फको भागमा नारायणी किनारा वा चितवन राष्ट्रिय निकुन्जको उत्तरी भागमा पर्ने गरि खोलिएका होटल रिसोर्टहरु मध्य थारु भिलेज रीसोर्ट, टेम्पल टाईगर ग्रीन जंगल रिसोर्ट, आईल्यांड जंगल रिसोर्ट, मचान कन्ट्री भिल्ला, पार्क भिउ रिसोर्ट, थारु हेरिटेज, नारायणी रिसोर्ट, थारु ब्रेज रिसोर्ट, पार्क भ्यू रिसोर्ट, अमलटारी होमस्टे, पिप्रहर होमस्टे, बरौली होमस्टे लगाएतका करिब डेढ दर्जन भन्दा धेरै होटल, रिसोर्ट एवं होमस्टेहरु संचालनमा रहेका नवलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष पोखरेलले बताउनु भयो ।
काठमाण्डौ, पोखरा, बुटवल, विरगंज, विराटनगर लगाएतका शहरहरुबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन भने विदेशबाट आउने प्रर्यटकहरुमा अमेरिका, ब्राजिल, अष्टे«लिया, फ्रान्स, डेनमार्क, ईटली, स्वजरल्यांड, जर्मनी, स्पेन, जापान लगाएतका देशबाट समेत प्रर्यटकहरु आउने क्रम बढदै गएकोले ब्यावसायीहरु उत्साहित भएका छन ।
नवलपरासीको यो क्षेत्र चितवन राष्टिय निकुन्जको बफर जोन क्षेत्रमा पर्ने जहांबाट जैविक विभिधताको प्राकृतिक अध्यन अनुगमन गर्न सकिने, सजिलै तरिकाबाट विविध प्रकारका जंगली जनावरको अवलोकन गर्न सकिने, स्थानिय आदिवासी थारु र बोटे माफि मुसहरको सांस्कृतिक अध्यन समेत गर्न सकिने भएकाले यस क्षेत्रमा पर्यटकहरुको आगमनको चाप बडदै बताईएको छ ।

You might also like
Loading...