चौथो सुर्यनगर गोल्डकप फुटबलको फाइलन भोलि





परासी, ६ फागुन । नव युवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजनामा जारी चौथो सुर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोली मंगलबार हुने भएको छ ।
६८ औँ प्रजातन्त्र दिवसको अवसरमा क्लबले माघ २५ गतेदेखी विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २२ हजार २ सय २२, द्धितिय हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपिया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।




सम्बन्धित
Loading...