आज ६९ औं प्रजातन्त्र दिवस, कावासोतीमा प्रभातफेरि निकालियो





कावासोती, ७ फाल्गुन । एक सय ४ बर्षे जहानियाँ राणा शासनको अन्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा फागुन ७ गते अर्थात मंगबालर ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै छ ।
प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा देशभर विविध कार्यक्रम गरि मनाइँदै छ ।
तत्कालिन आन्दोलनको बलमा राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापनाको भएको दिनको स्मरणमा विविध कार्यक्रम सहित ६९ औं प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।
२००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा खोसिएर पञ्चायती व्यवस्था लागुभएपनि ४७ सालपछि फेरि बहुदलीय व्यवस्थालाई पुनस्र्थापित गरेको थियो ।
त्यसपछि क्रमशः विभिन्न चरणका आन्दोलन, १० बर्षे जनयुद्ध हुँदै ६२/६३ सालको आन्दोलनसँगै नेपालमा आजको संघीय लोकतान्त्रीक गणतन्त्रमा स्थापना भएको छ ।
प्रजातन्त्र स्थापना भएको दिनकोे स्मरण सरकारी तवरबाट देशभर विविध कार्यक्रम गरि यो दिबस मनाइँदै छ ।


आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रको दिशामा अग्रसरः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँ देखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा अगाडि बढेको हुनाले दशकौँ देखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने बताएका छन् ।
उनको शुभकामना सन्देशमा “निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ” भनेर भनेका छन् । त्यस्तै प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।”
ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।

कावासोतीमा प्रभातफेरि

कावासोती । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वी नवलपरासीको कावासोतीमा प्रभातफेरि निकालिएको छ ।
जिल्ला समन्वय समिति नवलपुरको अगुवाईमा भएको प्रभातफेरि कावासोती नगरपरिक्रमा गरी कावासोती नगरपालिकाको सभाहलमा सभामा परिणत भएको थियो ।
र्यालीमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्कूले बालबालिकाका साथै कावासोतीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला भरिका सरकारी तथा गैरसरकारी कार्यालयहरुको संयुक्त समन्वयमा कार्यक्रम गरिने भनिए पनि अधिकांश सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थित न्यून रहेको थियो ।
र्यालीमा संघीय सभाका सांसद सत्यनारायण खनाल, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, रोशनबहादुर गाहा, विष्णु लामिछाने, कावासोती नगरपालिका प्रमुख चन्दकुमारी पुन, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको थियो ।




सम्बन्धित
Loading...